अस्पताल भर्ना गरिएका निमोनियाग्रस्त बालबालिकाहरुमा नासोफ्यारेंजियल क्यारीज (नाकको पछाडिको भागमा हुने संक्रमण) को प्रभाव

स्ट्रेप्टोकोकस निमोनिया  जीवाणु (न्युमोकोकस) रोग तथा संसारभरको अपाङ्गताको एक प्रमुख कारण हो l यसलाई खोपद्वारा रोकथाम गर्न सकिन्छ l सन् २०१५ मा नेपालको स्वास्थ्य मन्त्रालयले शिशुहरुलाई १०-भ्यालेन्ट निमोनिया विरुद्धको खोप (PCV10) प्रदान गर्न थालनी गर्यो जुन खोप नियमित शिशु खोप तालिका अन्तर्गत दिन शुरुवात गरिएको थियो l

निमोनियाका घटनाहरुमा क्यारीजमा रहने PVC को प्रभाव आँकलन

न्युमोकोकस बालबालिका तथा बयस्क मानिसहरुको न्यासोफ्यारिंक्स (नाकको पछाडीपट्टि भाग) मा प्राय: पाइने एक जीवाणु हो जुन रोग वा लक्षणहरु ननिम्त्याईकन त्यहाँ रहेको हुन्छ l जब यो जीवाणु उक्त सुरक्षित स्थान (नासोफ्यारेंजियल क्यारीज) बाट फोक्सो लगायतका शरीरका अन्य अझैँ संवेदनशील भागहरुमा जान्छ तव न्युमोकोकल रोग देखापर्दछ (जहाँ यसले निमोनिया निम्त्याउँछ) l 

संसारभरमा ९० प्रकारका फरक निमोनियाजन्य सेरोटाइपहरुको पहिचान भएको छ l तथापि शिशुहरुमा मूलत: यी मध्येका थोरै सेरोटाइपहरुले मात्र रोग निम्त्याउँछन् l नेपालि बालबालिकाहरुले पाउने PCV10  खोपले १० न्युमोकोकल सेरोटाइपहरुबाट बचाउने गर्दछ l इन्प्यासेन्ट क्यारीज (INCA) अध्ययनले खोपको प्रभावकारिताको सूचकका रुपमा अस्पताल भर्ना भएका निमोनियाग्रस्त बालबालिकाहरुमा PCV10 लगाएपश्चात यी दस खोप सेरोटाइपहरु कम भेटिन्छन् कि भन्ने मापन गरिएको छ l अध्ययनले यो पनि मापन गरिरहेको छ:

  • निमोनियाग्रस्त हरेक बालबालिकाको नासोफेरिन्क्स (क्यारीज) मा रहेका जीवाणुहरुको संख्या तथा
  • खोप लगाएपछी हराएका सेरोटाइपहरु पुन: फर्कने सम्भावना कति रहेको छ l

हाम्रो टोलिले सन् २०१४ यता पाटन अस्पताल (काठमाडौँको एक मूख्य शिक्षण अस्पताल) मा निमोनिया लागेर भर्ना भएका दुइ महिनादेखि १४ बर्षसम्मका हरेक बालबालिकाहरुको नासोफेरिन्जिल परिक्षण गरि नमुना संकलन गरेको छ l 

प्रारम्भिक परिणामहरु: निमोनिया लागेर अस्पताल  भर्ना भएका बालबालिकाहरुमा खोपजन्य क्यारीजहरुको न्यूनीकरण

सन् २०१५ मा PCV10 चलाउन शुरुगरेदेखि उक्त खोपले निमोनियाका बिरामीहरुमा न्युमोकोकल क्यरिज घटाईरहेको तथ्यहरु फेला परेका छन् l खोप लगाउ योग्य तथा निमोनिया लागेर अस्पताल भर्ना भएका दुइ महिना र दुइ बर्षका बीचका बच्चाहरुमा PCV10 ले लक्षित गरेका न्युमोकोकल सेरोटाइप क्यारीजयुक्त बिरामीहरुको प्रतिशत खोप लगाउनु अघिको ३९% बाट खोप लगाईसकेपछि ३१% मा झरेको छ l

सन् २०१५ मा PCV10 चलाउन शुरुगरेपछि निमोनिया लागेर अस्पताल भर्ना भएका बालबालिकाहरुले खोपमा रहेका किसिमका जीवाणुहरु कम मात्रामा बोकेको पाइयो l 

तस्विर १ PCV10 को सुरुवातपछि खोपजन्य जीवाणु क्यारीज भएका बालबालिकाहरुको अनुपात घटेको तर गैर PCV10 सेरोटाईप क्यारीज भएकाहरुको अनुपात वृद्धि भएको छ l

23%,15% 18%,15% 18%,8% 27%,5% 32%,7% PCV10 नेपालमा २०१५ मा सुरुवात गरियो अन्य खोपका किसिम PCV10 खोप
*विश्लेषण अझै जारि नै छ तसर्थ खोपको प्रभाव निर्क्यौल गर्न अझै बाँकी छ l

यद्यपी अस्पतालमा भएका क्यारीजयुक्त निमोनियाका समस्याको अनुपातमा सुरुवाती ह्रास आउनुको एउटा कारण बार्षिक रुपमा अस्थिर रुपमा प्रसारित सेरोटाइपका कारण पनि हुनसक्छ l तथ्यांक संकलनका थप बर्षहरुले क्यारीजयुक्त निमोनिया भएका बालबालिकामा PCV10 को प्रभाव बारेमा पुष्टि गर्नेछन् l

यस अध्ययनको विश्लेषण जारि छ l अधिक जानकारीका लागि हाम्रो अध्ययन संयोजकलाई सम्पर्क गर्नुहोस् l 

प्रकाशित परिणामहरु

पोस्टर
मिरु गुरुङ, रमा कान्दसेमी, स्टेफन थोर्सोन
जुन २०१६
पोस्टर
अमात्य, मिरु गुरुङ, स्टेफन थोर्सोन
अप्रिल २०१८