न्युमोकोकल रोग

स्त्रेप्टोकोकस निमोनिया जीवाणु (न्युमोकोकस) रोग र संसारभरको अपाङ्गताको एक प्रमुख कारण हो l यसलाई खोपद्वारा रोकथाम गर्न सकिन्छ l संसारभरमा ९० प्रकारका फरक निमोनियाजन्य सेरोटाइपहरुको पहिचान भएको छ l तथापि शिशुहरुमा मूलत: यी मध्येका थोरै सेरोटाइपहरुले मात्र रोग निम्त्याउँछन् l 

 जब यो जीवाणु उक्त सुरक्षित स्थान (नासोफ्यारेंजियल क्यारीज) बाट फोक्सो लगायतका शरीरका अन्य अझैँ संवेदनशील भागहरुमा जान्छ तव न्युमोकोकल रोग देखापर्दछ (जहाँ यसले निमोनिया निम्त्याउँछ) वा अझै खतरा स्थान जस्तै रगत (ब्याक्टेरेमिया तथा सेप्सिस) वा मस्तिष्कलाई झेल्ने र सुरक्षित राख्ने झिल्लीहरु (मेनेंजाईटिस)  

सन् २०१५ मा ५ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको न्युनिमोनिया, मेनिन्जाईटिस तथा अन्य गम्भीर संक्रमण लगायतका मोकोकल रोगबाट २,९४,०००  भन्दा बढीको संख्यामा मृत्यू भयो l 1

त्यही बर्ष नेपाल दक्षिण एसियामा नै १० भ्यालेन्ट न्युमोकोकल खोप (PCV10) देशव्यापी रुपमा सुरुवात गर्ने एक पहिलो देश बन्यो l 

नेपालमा छिट्टै भित्र्याईएको PCV ले नेपाल भित्र खोपको प्रभाव मापनमा मात्र नभएर यस खोपका महत्वपूर्ण सम्भाव्य असर बारेमा एसियाभर यस खोपको महत्वपूर्ण जानकारी प्रदान गर्न पनि मौका मिल्यो ताकी यस क्षेत्रका निर्णयकर्ताहरुसँग यस बारेमा नीति निर्माण गर्ने उल्लेख्य प्रमाण उपलब्ध होस् l 

यस खोपको असर पहिचान गर्न वैज्ञानिकहरुको एउटा टोलि नेपाल सरकारसँग कसरी काम गरिरहेको छ जान्नुहोस् l 

श्रोतहरु:
  1. Wahl et al. (2018) Burden of Streptococcus pneumoniae and Haemophilus influenzae type b disease in children in the era of conjugate vaccines: global, regional, and national estimates for 2000–15. The Lancet Global Health.

यस वेबसाइटले तपाईंको अनुभवलाई सुधार गर्न कुकिज प्रयोग गर्दछ l तपाईंलाई यो ठिकै लाग्ला तर चाहनुहुन्छ भने प्रयोग नगर्न सक्नुहुन्छ l विस्तृत पढ्नुहोस् l