आक्रामक न्युमोकोकल रोगको निगरानी

स्ट्रेप्टोकोकस निमोनिया  जीवाणु (न्युमोकोकस) रोग तथा संसारभरको अपाङ्गताको एक प्रमुख कारण हो l यसलाई खोपद्वारा रोकथाम गर्न सकिन्छ l सन् २०१५ मा नेपालको स्वास्थ्य मन्त्रालयले शिशुहरुलाई १०-भ्यालेन्ट निमोनिया विरुद्धको खोप (PCV10) प्रदान गर्न थालनी गर्यो जुन खोप नियमित शिशु खोप तालिका अन्तर्गत दिन शुरुवात गरिएको थियो l

कालान्तरमा अस्पताल आएका रोगका घट्नाहरुको अनुगमन

रोगको दीर्घकालीन अनुगमन, (रोग निगरानी) ले जनस्वास्थ्यकर्मीहरुलाई समयसंगै परिवर्तित ट्रेन्डहरु हेर्न सहजता प्रदान गर्दछ l काठमाडौँको पाटन अस्पतालको बाल चिकित्सा वार्डमा भर्ना भएका गम्भीर क्रामक जीवाणुसहितका रोग अथवा निमोनिया भएका बालबालिकाहरुको निगरानी गर्ने पद्दति सन् २००५ देखि निर्बाध अपरिवर्तित छ, उस्तै नै छ l यी तथ्यांकहरुले न्युमो नेपाल प्रोजेक्टलाई खोप शुरु गर्नु अघि र पछी न्युमोकोकल रोगको बोझ तथा वितरणसम्बन्धी समग्र बुझाई प्रदान गर्न मद्दत गर्दैछन् l आ

संसारभरमा ९० प्रकारका फरक न्युमोकोकल सेरोटाइपहरुको पहिचान भएको छ l तथापि शिशुहरुमा मूलत: यी मध्येका थोरै सेरोटाइपहरुले मात्र रोग निम्त्याउँछन् l बजारमा उपलब्ध दुइ निमोनिया बिरुद्धका खोपहरुले (PVC हरु) क्रमश: दस (PCV10) र तेह्र (PCV13) साधारण सेरोटाइपहरुबाट बचाउने गर्छन् l नेपालमा कुन प्रोडक्ट चलाउने भन्ने निर्णय पाटन अस्पतालको निगरानीबाट प्राप्त प्रमाणहरुद्वारा जानकारी गराईएको थियो l 

खोपको शुरुवात भन्दा १० बर्ष अगाडि संकलन गरिएका नमुनाहरुमा आधारित भएर न्युमो नेपालको अध्ययनले 

PCV10 ले २००५ देखि पत्ता लागेका आक्रामक रोगका घट्नाहरुको कारक ७५% सेरोटाइपहरु समेट्ने एवं PCV १३ मा रहेका तीन थप सेरोटाइपहरुले यस कभरेजलाई ४% वृद्धि गर्ने तथ्य आँकलन गर्यो l आक्रामक न्युमोकोकल रोगका अधिकांस घटनाहरु PCV 10 मा रहेका सेरोटाइपहरुले निम्त्याउने कुरा पनि सोही तथ्यांकले जनायो जसले खोपले नेपालमा न्युमोकोकल रोग बिरुद्ध उल्लेख्य रुपमा सुरक्षा प्रदान गर्ने तथ्य पनि सुझायो l 

तस्विर १ नेपालमा PCV 10 चलाउनु अघि (२००५-२०१५) आक्रामक न्युमोकोकल रोगका अधिकांस घटनाहरु खोपद्वारा रोकथाम गर्न सकिने किसिमका थिए

76% 4% 20% PCV10 किसिमका घटनाहरु 76% PCV13 किसिमका घटनाहरु 4% अन्य घटनाहरु 20%

खोपको प्रभावको सूचकको रुपमा तथ्यांक निगरानीको विश्लेषण जारि नै छ l विस्तृत जानकारीकालागि हाम्रा अध्ययन संयोजकसँग सम्पर्क गर्नुहोस् l

प्रकाशित परिणामहरु

पोस्टर
सिर्जना श्रेष्ठ, माइकल कार्टर, मीरु गुरुङ
जुन २०१६
पोस्टर
ब्रायन वाल, ज्योति कुमारी यादव, रस्मिला देशहर
जुन २०१६
पोस्टर
कृष्ण जी. प्रजापति, स्टेफन थर्सोन, मीरु गुरुङ
अप्रिल २०१८
पोस्टर
अन्जु महर्जन, स्टेफन थोर्सोन, मिरू गुरुङ
अप्रिल २०१८
पोस्टर
एम. चन्द्र गौतम, रमा कन्दासमी, मीरु गुरुङ
अप्रिल २०१८

यस वेबसाइटले तपाईंको अनुभवलाई सुधार गर्न कुकिज प्रयोग गर्दछ l तपाईंलाई यो ठिकै लाग्ला तर चाहनुहुन्छ भने प्रयोग नगर्न सक्नुहुन्छ l विस्तृत पढ्नुहोस् l