बारेमा

अधिकांश दक्षिण एसिया झैं नेपालका बालबालिकाहरुमा निमोनियाको समस्या मनग्गे छ जुन विश्वव्यापी रुपमै पाँच बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको मृत्यूको मुख्य कारण हो l २०१५ को सुरुवाततिर नेपाल दक्षिण एसियामै निमोनिया विरुद्धको खोप (PCV) देशव्यापी रुपमा भित्र्याउने पहिलो देशहरुमध्ये एक  बन्न पुग्यो l

सन् २०१५ मा नेपालको स्वास्थ्य मन्त्रालयले शिशुहरुलाई १०-भ्यालेन्ट निमोनिया विरुद्धको खोप (PVC10 ) प्रदान गर्न थालनी गर्यो जुन खोप नियमित शिशु खोप तालिका अन्तर्गत दिन शुरुवात गरिएको थियो l यो खोप न्युमोकोकल जीवाणुका १० साधारण सेरोटाइपहरु विरुद्ध बचाउन डिजाइन गरिएको छ l 

द न्युमो नेपाल अध्ययन नेपालमा PCV10 कार्यक्रमको स्वास्थ्य, कार्यक्रमप्रक र आर्थिक असरको मूल्यांकन गरिरहेको छ l

सहकार्य

न्युमो नेपालका मूख्य साझेदारहरुमा पाटन एकेडेमी अफ हेल्थ साइन्सेस (नेपाल), द युनिभर्सिटी अफ अक्स्फोर्ड (संयुक्त अधिराज्य), इन्टरनेसनल भ्याक्सिन एक्सेस सेन्टर, जोन्स हप्किन्स ब्लूमबर्ग स्कुल अफ पब्लिक हेल्थ (संयुक्त राज्य अमेरिका) तथा युनिभर्सिटी अफ ओट्यागो (न्युजिल्याण्ड) पर्दछन् l

अध्ययनहरुलाई गाभी, द भ्याक्सिन एलाइन्सले सहयोग गरेका छन् भने निम्न समुहहरुको थप साझेदारीले सो सम्भव भएको हो: नेपाल चाइल्ड हेल्थ डिभिजन, स्वास्थ्य मन्त्रालय, नेपाल बाल चिकित्सा समाज, विश्व स्वास्थ्य संगठन, युनिभर्सिटी कलेज अफ लन्डन, सेन्ट जर्ज हस्पिटलको ब्याक्टेरियल माइक्रोएरे ग्रुप, युनिभर्सिटी अफ लन्डन (यूके), जनस्वास्थ्य तथा वातावरणका लागि राष्ट्रिय संस्था (निदरल्यान्ड्स) तथा स्यांगर इन्स्टिच्युट (यूके) l

यस वेबसाइटले तपाईंको अनुभवलाई सुधार गर्न कुकिज प्रयोग गर्दछ l तपाईंलाई यो ठिकै लाग्ला तर चाहनुहुन्छ भने प्रयोग नगर्न सक्नुहुन्छ l विस्तृत पढ्नुहोस् l