प्रशासनिक तथ्यांक: निमोनिया र मेनिन्जाईटिसका बिरामी भर्नामा परिवर्तन

स्ट्रेप्टोकोकस निमोनिया  जीवाणु (न्युमोकोकस) रोग तथा संसारभरको अपाङ्गताको एक प्रमुख कारण हो l यसलाई खोपद्वारा रोकथाम गर्न सकिन्छ l सन् २०१५ मा नेपालको स्वास्थ्य मन्त्रालयले शिशुहरुलाई १०-भ्यालेन्ट निमोनिया विरुद्धको खोप (PCV10) प्रदान गर्न थालनी गर्यो जुन खोप नियमित शिशु खोप तालिका अन्तर्गत दिन शुरुवात गरिएको थियो l

नेपाली स्वास्थ्य प्रणालीमा PCV प्रयोगको असरसम्बन्धी बुझाइ

PCV10 को जनस्वास्थ्यमा हुने प्रभाव मापन गर्नका लागि हाम्रो टोली निमोनिया, मेनेंजाईटिस तथा सेप्सिसमा बिरामीहरुको अस्पताल भर्नासँग सम्बन्धित प्रशासनिक रेकर्डहरुबाट तथ्यांक संकलन गरिरहेको छ l यो अध्ययन पाँच वटा अस्पतालहरुमा संचालित छ जसमा देशको प्रतिनिधी  क्रस-सेक्सन क्षेत्रहरु पर्दछन् र यसले देशव्यापी रुपमा यी लक्षणहरुमा PCV प्रयोग अघि र पछिका अस्पताल भर्नाका तथ्यहरुलाई तुलना गर्नेछन् l

तस्विर १ ४ नेपाली अस्पतालहरुमा निमोनिया लागेका १ महिना र २ बर्षबीचका बच्चाहरुको भर्ना, PCV10 को प्रयोग अघि र पछी

यस अध्ययनको विश्लेषण जारि छ l अधिक जानकारीका लागि हाम्रो अध्ययन संयोजकसँग सम्पर्क गर्नुहोस् l

प्रकाशित परिणामहरु

पोस्टर
माइकल जे. कार्टर, मिरु गुरुङ, कृष्ण जी. प्रजापति
जुन २०१६

यस वेबसाइटले तपाईंको अनुभवलाई सुधार गर्न कुकिज प्रयोग गर्दछ l तपाईंलाई यो ठिकै लाग्ला तर चाहनुहुन्छ भने प्रयोग नगर्न सक्नुहुन्छ l विस्तृत पढ्नुहोस् l