आर्थिक प्रभावको मूल्यांकन (PIES)

स्ट्रेप्टोकोकस निमोनिया  जीवाणु (न्युमोकोकस) रोग तथा संसारभरको अपाङ्गताको एक प्रमुख कारण हो l यसलाई खोपद्वारा रोकथाम गर्न सकिन्छ l सन् २०१५ मा नेपालको स्वास्थ्य मन्त्रालयले शिशुहरुलाई १०-भ्यालेन्ट निमोनिया विरुद्धको खोप (PCV10) प्रदान गर्न थालनी गर्यो जुन खोप नियमित शिशु खोप तालिका अन्तर्गत दिन शुरुवात गरिएको थियो l

न्युमोकोकल रोगको कारण हुने खर्च तथा ती खर्च बचाउन PCV ले पुर्याउन सक्ने टेवाको आँकलन

न्युमोकोकल रोगले बिरामी, परिवार, सरकार तथा समाजमा उल्लेख्य आर्थिक भार पार्दछ l न्युमोकोकल रोगको आर्थिक तथा वित्तीय भार बुझ्नु यस रोगमा खोप नीति निर्माणको निर्णयका लागि महत्वपूर्ण हुन्छ l यद्यपि निमोनिया, मेनिन्जाइटिस तथा सेप्सिसका आर्थिक परिणाम बारेमा नेपाल लगायत दक्षिण एसियामै अत्यन्त कम अध्ययन तथा मूल्यांकन भएका छन् l

बालबालिकाहरुलाई अस्पताल भर्ना गर्दा परिवारले आफ्नो वचत प्रयोग गर्नु पर्ने, सम्पति बेचबिखन गर्नु पर्ने वा उपचार खर्च तिर्नका लागि ऋण लिनुपर्ने अवस्था हुनसक्छ l अझै आफ्नो काम छोडेर अरु कुरामा समय खर्चानाले घरेलु आयमा गम्भीर असर पर्न सक्छ l आयस्तर कम भएका घर परिवारका लागि स्वास्थ्यमा धेरै खर्च गर्दा परिवारमा संकट आउने वा गरिबी निम्तिने समस्या हुनसक्छ l

हाम्रो टोलिले २०१६ का दौरान निमोनिया, मेनिन्जाइटिस तथा स्प्सिस लागेर अस्पताल भर्ना भएका एक महिनादेखि पाँच बर्ष उमेरका बालबालिकाहरुको लागत आँकलन गर्नका लागि नेपालका पाँच अस्पतालहरुबाट तथ्यांक संकलन गर्यो l हामीले अध्ययनका अस्पतालहरुबाट बिरामीहरुलाई उपचार गर्दा उपयोग भएका श्रोतहरुको विवरण संकलन गर्यौं l  हामीले बिरामीले रोगको लक्षण देखापरेदेखि अस्पतालबाट डिस्चार्ज हुनेबेलासम्म लाग्ने परिवारको खर्चहरु जस्तै प्रत्यक्ष मेडिकल खर्च, गैर-मेडिकल खर्च जस्तै खाना, यातायात, उत्पादकत्व घाटा आदि l दीर्घकालीन लागतहरु संलग्न गरिएको थिएन l यी तथ्यांकहरु नेपालि परिवारहरुमा यी बिमारका लागि लाग्ने लागत आंकलन गर्न र सामाजिक रुपमा अझै व्यापक अध्ययन गर्न प्रयोग गरिएका थिए जुन २०१६ मा अमेरिकी डलरमा गरिएका थिए l  

प्रारम्भिक परिणामहरु: नेपालका लागि उल्लेख्य लागत 

तस्विर १ न्युमोकोकल रोगको एक एपिसोडको लागत उल्लेख्य छ

$369 $266 $177 प्रत्येक घटना अनुसारको लागत खर्च न्युमोकोकल रोग

हरेक अस्पतालहरुमा विभिन्नता भए पनि निमोनिया, मेनेंजाइटिस तथा सेप्सिसका एपिसोडहरुले उल्लेख्य आर्थिक भार सिर्जना गर्ने गर्छन् l हरेक घटनाको उत्पादकत्व घाटा लगायतको औषत लागत  मेनेंजाईटिसका लागि सर्वाधिक (३६८ अमेरिकी डलर), त्यसपछि सेप्सिस (२६६ अमेरिकी डलर) र निमोनिया (१७७ अमेरिकी डलर) रहेको थियो l

मेनेंजाईटिस र सेप्सिस रोगका बिरामीहरुलाई धेरै समय अस्पताल राख्नु पर्ने, धेरै ल्याब परिक्षण तथा प्रक्रिया एवं महंगा औषधिहरु भएकाले यी रोगहरु अधिक महंगा भएको पाइयो l 

नेपालमा PCV10 संचालन पूर्व एक महिनादेखि ५ बर्षसम्मका हरेक १,००,००० बालबालिकाहरुको न्युमोकोकल निमोनियाको लागि अस्पताल खर्च अस्पताल खर्च लगभग ५८,२८५ अमेरिकी डलर रहेको थियो l रोगको विश्वव्यापी भार मोडेल अनुसार सन् २०१५ मा नेपालमा न्युमोककल निमोनिया बिरामीको संख्या ४६,००० थियो भने गम्भीर न्युमोककल निमोनियाको संख्या  बार्षिक रुपमा २०१५.* मा १८,००० थियो l

चार्टमा देखिए अनुसार उत्पादकत्व घाटाको कारणले हुने खर्च प्रत्यक्ष मेडिकल लागत जति नै महत्वपूर्ण हुन्छन् र नेपालमा यी लक्षणहरुको आर्थिक भारको मुख्य अनुपात देखाएको छ l 

तस्विर २ उत्पादकत्व घाटा कुल आर्थिक भारको मूख्य चालक हो l

35.2% 15.1% 13.7% 11.7% 10.9% 10.4% 2.0% 0.8% 0.1% उत्पादकत्व घाटा 35.2% ल्याब परिक्षण तथा प्रक्रिया 15.1% यातायात 13.7% खाना 11.7% अस्पताल शैंया शुल्क 10.9% औषधि 10.4% अन्य मेडिकल 2.0% अक्सिजन प्रयोग 0.8% लजिंग 0.1%

भरपाई नहुने खर्च

औषतमा निमोनियाको एउटा घटनाको परिवारलाई ११६ अमेरिकी डलर पर्दछ l नेपाली परिवारका लागि ११६ डलरको अर्थ के हुन्छ ?

नेपाली तथ्यांक बिभागअनुसार २०१५/१६ मा एक घरको औसत बार्षिक घरायसी उपभोग रु. ३२२, ७३० (लगभग ३००० अमेरिकी डलर) थियो l त्यसलाई प्रति महिनाको हिसाबमा ढालेर हेर्दा त्यो २५० अमेरिकी डलर प्रति महिना हुन्छ जुन:

  • आधा (५३.८%) खानामा गयो l
  • १२.९% घरभाडामा गयो l
  • बाँकी (५.५%) उपभोग्य सामग्री, शिक्षा (४.०%), अल्कोहल र सुर्ती (३.९%), सरसामान (२.२%) र अन्य खर्चहरु मेडिकल, सामाजिक सुरक्षा तथा सांस्कृतिक खर्च l

अति गरिब परिवारहरुका लागि संकट आइपर्ने खर्च हुनु साधारण कुरा हो 

अति गरिब घर-परिवारहरु आफ्ना बालबालिकाहरुलाई अस्पताल भर्ना गर्दा अत्यन्तै तनावग्रस्त भएका थिए l अति गरिब परिवारहरुको समुहमा लगभग १० मा ४ वटा निमोनियाका घटनाहरुले घर खर्चमा संकट निम्त्याएका थिए l अझ, निमोनियाले आफ्ना बच्चाहरुलाई अस्पताल गरेका लगभग ६०% अति गरिव परिवारहरुले अस्पताल खर्च धन्न ऋणको प्रयोग गरेको बताए l

स्वास्थ्यमा गरिने संकटग्रस्त खर्च के हो ?

संकटग्रस्त रोजाइको परिभाषाको मूल्यांकन गर्नका लागि हामीले घरधुरीको मासिक खर्च र तिनको मासिक उपभोग प्रयोग गरेर विश्लेषण गर्यौं l अत्यन्त धनी परिवार बाहेक निमोनियाको कारण अस्पतालमा गरिने खर्चले धेरै मानिसहरुलाई आर्थिक रुपमा तनाव दिने कुरा यी परिभाषाहरुले दर्साएका छन् l वास्तवमा, निमोनियाको कारण अस्पताल भर्ना गर्ने भरपाई नहुने भुक्तानी ७०% खर्च गर्ने तीन अति बिपन्न समुहहरुमा ४०% वृद्धि भएको देखियो जसले सीमित बचत तथा केही सम्पत्ति भएका घर परिवारहरुलाई अल्पकालीन असर गर्दा पनि निकै ठुलो असर हुन्छ भन्ने पनि इंगित गर्दछ l

परम्परागत रुपमा भरपाई नहुने स्वास्थ्य खर्चलाई त्यतिबेला संकटपूर्ण मानिन्छ जब यो घरपरिवारको बार्षिक गैर-खाद्यान्न तालिकाको खर्चले ४०% काट्छ जसमा घर-बहाल, उपभोग्य सामग्री तथा अन्य घरायसी प्रयोजनका सामग्रीहरु पनि पर्दछन् l यद्यपि यस परिभाषाले घर-परिवारका तत्काल प्रभावलाई समावेश गर्दैनन् र बचत तथा श्रोतको कमि भएका अति बिपन्न घरहरुमा हुने असरलाई अवमूल्यांकन गर्न सक्छ l

संकटग्रस्त रोजाइको परिभाषाको मूल्यांकन गर्नका लागि हामीले घरधुरीको मासिक खर्च र तिनको मासिक उपभोग प्रयोग गरेर विश्लेषण गर्यौं l अत्यन्त धनी परिवार बाहेक निमोनियाको कारण अस्पतालमा गरिने खर्चले धेरै मानिसहरुलाई आर्थिक रुपमा तनाव दिने कुरा यी परिभाषाहरुले दर्साएका छन् l वास्तवमा, निमोनियाको कारण अस्पताल भर्ना गर्ने भरपाई नहुने भुक्तानी ७०% खर्च गर्ने तीन अति बिपन्न समुहहरुमा ४०% वृद्धि भएको देखियो जसले सीमित बचत तथा केही सम्पत्ति भएका घर परिवारहरुलाई अल्पकालीन असर गर्दा पनि निकै ठुलो असर हुन्छ भन्ने पनि इंगित गर्दछ l 

तस्विर ३ यी अति बिपन्न घरधुरीहरु निमोनियाका कारण अस्पताल भर्ना गर्दा हुने आर्थिक संकटका लागि अत्यन्त संकतासन्न घरधुरीहरु हुन्

6% 39% 3% 1% 1% 0 भुक्तानी गर्ने बार्षिक क्षमता (४०% थ्रेसहोल्ड)

यी तथ्यहरु अनुसार CV10 सँग परिवारहरुका सङ्कट निम्त्याउने गरि हुने स्वास्थ्यमा गरिने खर्च कटौती गर्न र बालबालिकाहरुलाई अस्पताल भर्ना गर्दा आइपर्ने सक्न गरिबी न्यूनीकरण गर्नसक्ने सम्भावना छ l 

यस विश्लेषणको तथ्यांक नेपाल र अन्य दक्षिण एसियाली देशहरुमा PCV को आर्थिक मूल्यांकन गर्न प्रयोग हुनसक्छ l 

यस अध्ययनबाट तथ्यांक प्रयोग गरेर हामी खोपको सुरुवातले परिवारहरुमा न्युमोककल रोगले निम्त्याउने आर्थिक बोझ निराकरण गर्न कसरी मद्दत गरेको छ भन्ने तथ्य अध्ययन गरिरहेका छौं l 

यी परिणामहरु अझै प्रकाशित भएका छैनन् l अधिक जानकारीका लागि क्रिस्टिना गार्सियालाई at crgarcia@jhu.edu  मा सम्पर्क गर्नुहोस् l

श्रोतहरु:
  1. Burden of Streptococcus pneumoniae and Haemophilus influenzae type b disease in children in the era of conjugate vaccines: global, regional, and national estimates for 2000-15. Wahl, PhD et al. The Lancet Global Health. Vol. 6, Issue 7, pe744-e757, July 01, 2018

प्रकाशित परिणामहरु

संचार श्रोत
केट गोर्ह्याम
जुलाई २०१९
पोस्टर
क्रिस्टिना गार्सिया, डेग्ना कन्स्टन्ला, अरुण शर्मा
जुन २०१६
पोस्टर
क्रिस्टिना गार्सिया, डेग्ना कन्स्टन्ला, अरुण शर्मा
जुन २०१६
पोस्टर
क्रिस्टिना गार्सिया, डेग्ना कन्स्टन्ला, अरुण शर्मा
जुन २०१६