तिब्रतर गरिएको समय-तालिकाको मूल्यांकन (PIMMS)
![](https://pneumonepal.org/wp-content/uploads/2019/04/Dosing.jpg)
स्ट्रेप्टोकोकस निमोनिया जीवाणु (न्युमोकोकस) रोग तथा संसारभरको अपाङ्गताको एक प्रमुख कारण हो l यसलाई खोपद्वारा रोकथाम गर्न सकिन्छ l सन् २०१५ मा नेपालको स्वास्थ्य मन्त्रालयले शिशुहरुलाई १०-भ्यालेन्ट निमोनिया विरुद्धको खोप (PCV10) प्रदान गर्न थालनी गर्यो जुन खोप नियमित शिशु खोप तालिका अन्तर्गत दिन शुरुवात गरिएको थियो l
केहि फेरबदल गरीएको डोजको समय तालिकाले सुरक्षात्मक प्रतिरक्षा उत्पादन गर्छ कि गर्दैन भन्ने निर्धारण गर्दै
केही समय अघिसम्म WHO ले PCV का दुइ मध्ये एउटा खोप तालिका सुझाएको थियो: ६ हप्ता र १४ हप्तामा २ प्राथमिक डोज, ९ महिनामा एउटा बुस्टर डोजसहित (जुन, २+१ हो ) वा ६ हप्ता, १० हप्ता र १४ हप्तामा तीन प्राथमिक डोजहरु (जुन, ३+०) हो l
नेपालमा तीन वटा सुइ एकै पटक चाहिने खोप मानिसहरुले सजिलै स्वीकार नगर्न सक्छन् भन्ने चिन्ता थियो किनकि १४ हप्ताको शिशुले PCV खोपका साथ पोलियो र अन्य घोचेर लगाउने सुइहरु पनि त्यही समय लगाउनु पर्ने हुन्छ l त्यसैले नेपालले तिब्र गरिएको PCV10 को २+१ को तालिका अवलम्बन गर्यो जसमा सुरुका डोजहरु ६ र १० हप्तामा तथा अन्तिम बुस्टर डोज ९ महिनामा लगाइन्छ l
आठ हप्ताको सट्टा चार हप्तामा सुरुका पहिला (प्राथमिक) डोजहरुको सवालमा प्रतिरक्षा (खोपले प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्ने क्षमता) बताउने उपलब्ध तथ्यांकहरु उपलब्ध नभएकाले हाम्रो टोलिले सुरुमा सुझाईएको २+१ को तालिकासँग उत्कृष्ट तालिकाको तुलना गर्न अनियमित परिक्षण संचालन गर्यो जसले प्राथमिक डोज तथा ९ महिनामा दुवै पाखुरामा दिइने बुस्टर डोज अघि र पछिको प्रतिरक्षा क्षमता पनि मापन पनि गर्यो l
प्रारम्भिक परिणामहरु: तिब्र गरिएको समय तालिकाले मनग्गे सुरक्षा दिनसक्छ
सुरक्षासँग सम्बद्ध एन्टीबडी कन्सन्ट्रेसन (जुन ०.३५ mcg/mL हुन्छ) भएका बालबालिकाहरुको अनुपात दुवै समय तालिकाहरुमा उस्तै थियो l एन्टीबडी कन्सन्ट्रेसनद्वारा मापन गर्दा केही सेरोटाईपहरुका हकमा तिब्र गरिएको तालिका सुझाईएको समय तालिका भन्दा कमसल भयो तर अवलोकन गरिएका भिन्नताहरु क्लिनिकल टावरले सान्दर्भिक नहुनसक्छन् किनकि नौ महिनाको उमेरमा बुस्टर डोज दिएपछि यी भिन्नताहरु आफै हराउँछन् l
अनियमित रुपमा नियन्त्रित परिक्षणका परिणामहरुले तिब्र गरिएको PCV10 डोजको तालिका बमोजिम खोप लगाईएका बालबालिकाहरुले खोपमा रहेको न्युमोकोकल जीवाणु विरुद्ध
यथेष्ट मात्रामा सुरक्षात्मक एन्टीबडीहरु उत्पादन गरेको दर्साउँछ l
विश्वव्यापी नीति परिवर्तन
यी परिणामहरु खोपहरुका लागि WHO (द स्ट्राटेजिक एडभाईजारी ग्रुप अफ एक्सपर्ट्स अन इम्युनाइजेसन SAGE) लाई मुख्य रुपमा परामर्श दिने PCV वर्किंग ग्रुपद्वारा प्रस्तुत एउटा हालैको समिक्षामा समाविष्ट गरिएका थिए l
यी तथ्यांकका केही हिस्साहरुमा आधारित रहेर यस समूहले हालै PCV का दुइ प्राथमिक डोजहरु चार हप्ता भन्दा सानो उमेरमा दिनु पर्छ भन्ने मान्यता राख्ने WHO का सुझावहरुलाई परिमार्जन गरेका छन् जबकी लजिस्टिकका लागि एउटा फरक तालिकाको जरुरत पर्दछ l यद्यपी, परम्परागत समय तालिका अझै पनि निकै रुचाइएको समय तालिका हो l