श्रोतहरु

+ फिल्टरहरु
क्लियर
सुधारहरु
अध्ययनहरु:
  • सम्पूर्ण अध्ययनहरु
  • आक्रामक रोग निगरानी (IBD)
  • इन्प्यासेन्ट क्यारीज (INCA)
  • समुदाय क्यारीज (COCA)
  • तिब्रतर गरिएको समय-तालिकाको मूल्यांकन (PIMMS)
  • अस्पताल भर्नाको प्रशासनिक तथ्यांक (IPAD)
  • आर्थिक प्रभावको मूल्यांकन (PIES)
सामग्रीका किसिम
  • सम्पूर्ण किसिमहरु
  • पोस्टर
  • प्रकाशन
  • संचार श्रोत
अध्ययन द्वारा:
सामग्रीका किसिमद्वारा
पोस्टर
सिर्जना श्रेष्ठ, माइकल कार्टर, मीरु गुरुङ
जुन २०१६
आक्रामक रोग निगरानी (IBD)

आक्रमक जीवाणु रोग (IBD) नेपालमा बालबालिकाहरु अस्पताल भर्ना हुनुपर्ने मुख्य कारण हुन् l नेपालमा हेमोफाईलस इफ़्लुएन्जा किसिम बी खोप 2009 मा सुरु गरिएको थियो र 10-भ्यालेन्ट न्युमोकोकल कन्जुगेट खोप (PCV10) चाहिं 2015 मा l बाल आक्रामणकारी जीवाणुजन्य रोग (IBD) को हेरदेख पाटन अस्पताल नेपालमा सन् 2005 देखि नै सुरुभएको हो l

संचार श्रोत
केट गोर्ह्याम
जुलाई २०१९
आर्थिक प्रभावको मूल्यांकन (PIES)

खोप अनुसन्धानका प्रमाणहरु विशेषत: निर्णयकर्ताहरुका लागि उपयोगी छन् तर धेरै शोधकर्ताहरुले सहकर्मीले गर्ने समीक्षामा आधारित प्रकासन भन्दा बाहिर लैजाने कुरालाई प्राथमिकतामा राख्दैनन् जसले त्यस्ता एकेडेमियाका जस्ता प्राविधिक दर्शकहरुलाई सीमितता दिन्छ l यस टुलकिटमा सरोकारवालाहरुको संलग्नता एवं तथ्यांकलाई महत्व दिने कथा वाचनका स्रोतहरु समाविष्ट छन् जसले न्युमोनेपाल PCV प्रभाव आर्थिक तथ्यांक अध्ययन (PIES) पद्दतिलाई उदाहरणको रुपमा हाइलाइट गर्दछ l

पोस्टर
ब्रायन वाल, ज्योति कुमारी यादव, रस्मिला देशहर
जुन २०१६
आक्रामक रोग निगरानी (IBD)

अगस्ट 2015 मा नेपालले 10-भ्यालेन्ट न्युमोकोल कन्जुगेट खोप (PCV10) को सुरुवात गर्यो जसमा 2+1 को तालिका यसप्रकार थियो: 6 हप्ता, 10 हप्ता र 9 महिना l 1 बर्ष मुनिका बच्चाहरु सो समय उक्त खोपका लागि योग्य थिए l खोप किसिमको नेसोफेंजिल क्यारीज खोप नलगाएका व्यक्तिहरुमा PCV को असर विविध अध्ययनहरुले देखाएको छ (जस्तै: अप्रत्यक्ष असर) l यद्यपी एसियामा यस्ता तथ्यांकहरुको अभाव छ र खोप लगाउन उमेर नपुगेका बच्चाहरुको प्रमाण एकदमै कम छ l यस्तो जनसंख्यामा PCV10 को अप्रत्यक्ष असरहरु जांच गर्ने मापदण्ड स्थापित गर्नका लागि हामीले नेपालमा PCV लगाउनु पूर्वका शिशुहरुमा न्युमोकोकल कोलिनाइजेसनको वितरण र प्रभाव मापन गर्यौं l

पोस्टर
पूजा अमात्य, माइकल कार्टर, म्याथ्यु स्मेडली
जुन २०१६

5 बर्ष भन्दा कम उमेरका निमोनिया भएका बालबालिकाहरुको छातीको रेडियोग्राफ विश्लेषणका लागि WHO सीमाको प्रयोगले यस समय प्राथमिक इन्डपोइन्ट निमोनिया (PEP) लाई तुलना गर्न सहज गराउँछ l हामीले2015 अगष्टबाट सुरु गरेर नेपालमा न्युमोकोकल कन्जुगेट खोप (PCV10) शुरु हुनु अघि र पछी निमोनिया लागेर अस्पताल भर्ना भएका बालबालिकाहरुको छातीको रेडियोग्राफका लागि यी मापदण्ड प्रयोग गर्यौं l

पोस्टर
क्रिस्टिना गार्सिया, डेग्ना कन्स्टन्ला, अरुण शर्मा
जुन २०१६
आर्थिक प्रभावको मूल्यांकन (PIES)

विशेषगरी दक्षिण एसियामा न्युमोकोकल कन्जुगेट खोप (PCV) को न्युमोकोकल रोगसँग सम्बन्धी आर्थिक परिणामका बारेमा केही अध्ययनहरुले मापन गरेका छन् l 2015 मा राष्ट्रिय खोप कार्यक्रममा PCV-10 खोप सुरु गरेको भएता पनि नेपालमा देखा परेका न्युमोकोकल रोगहरु जस्तै निमोनिया, मेनेंजाईटिस र सेप्सिस जस्ता रोगहरुको खर्चको विवरण छैन l नयाँ खोपहरु सुरुवात गर्न र चलिआएका खोपहरुलाई जोगाउन यस आर्थिक मूल्यांकनको भूमिका महत्वपूर्ण रहेको छ l विस्तृत अध्ययनको अंशका (PneumoNiA) ले नेपालमा PCV को आर्थिक र महामारी विज्ञानजन्य प्रभावको अनुमानित खर्च निकाल्ने लक्ष्य लिएकोमा हामीले नेपालमा 1-59 महिनाका बालबालिकाहरुमा अस्पतालमा भर्ना भएका निमोनिया, मेनेंजाईटिस र सेप्सिसको खर्च अनुमानित गर्यौं l

पोस्टर
क्रिस्टिना गार्सिया, डेग्ना कन्स्टन्ला, अरुण शर्मा
जुन २०१६
आर्थिक प्रभावको मूल्यांकन (PIES)

जब बालबालिकाहरुलाई न्युमोकोकल रोगका कारण अस्पताल भर्ना गरिन्छ अस्पतालको शुल्क तिर्न परिवारले आफ्नो बचत प्रयोग गर्नुपर्ने, सम्पत्ति बेचबिखन गर्नुपर्ने वा ऋणपान पनि गर्नु पर्ने हुनसक्छ l अझै, समय व्यर्थै खर्चनु पर्ने भएकाले यसले आयमा पनि नकारात्मक असर पार्दछ l आउट-अफ-पकेट (OOP) स्वास्थ्य सेवा खर्चले घरमा गम्भीर संकट निम्त्याउन सक्छ जसले गरिबी निम्त्याउन पनि सक्छ l (चित्र 1) केही राष्ट्रहरुले निमोनियाको कारण हुने खर्चले निम्त्याउने गम्भीर संकटका जोखिम मापन गरेका छन् जस्तै दक्षिण एसिया l 2015 मा राष्ट्रिय खोप कार्यक्रममा न्युमोकोकल कन्जुगेट खोप-10 (PCV-10) सुरुवात गरेको भएता पनि नेपालका घरहरुमा पर्ने आर्थिक बोझका बारेमा कुनै सूचना छैन l वृहत PCV को प्रभाव मूल्यांकन (PneumoNI) कार्यक्रमको अंशका रुपमा हामीले प्रति न्युमोकोकल घटना र निमोनिया, मेनेजाईटिस तथा सेप्सिस का कारण नेपालमा अस्पताल भर्ना गर्दा हुने स्वास्थ्य खर्चको गम्भीर संकट सामना गर्ने घरहरुको दर OOP स्वास्थ्य भुक्तानी अनुमानित गरेका छौं l यहाँ प्रस्तुत गरिएको परिणाम पहिलो महिनाको तथ्यांक संकलनबाट प्रयोग गरिएको प्राथमिक परिणाम हो l

पोस्टर
क्रिस्टिना गार्सिया, डेग्ना कन्स्टन्ला, अरुण शर्मा
जुन २०१६
आर्थिक प्रभावको मूल्यांकन (PIES)

न्युमोकोकल कन्जुगेट खोप (PCV) को आर्थिक असर सम्बन्धी तथ्यांकहरु 2015 मा सुरुवात भएको खोप कार्यक्रमलाई बचाउन परिवार तथा स्वास्थ्यसेवा प्रणालीका लागि महत्वपूर्ण हुन्छन् l हामी नेपालमा PCV ले पारेको आर्थिक प्रभावलाई आँकलन गर्न प्रयोग भएका पद्दतिहरु प्रस्तुत गर्छौं जसले तथ्यांक संकलनका चुनौतीका बारेमा झल्काउँछ l यस अध्ययन न्युमोकोकल रोगको खर्च अनुमान गर्न र न्युमोकोकल रोगका कारण निम्तिने गम्भीर स्वास्थ्य खर्च झेल्ने घरहरुको दरको आँकलन गर्न PCV असर मूल्यांकन (PneumoNIA) कार्यक्रममा समाहित छ l यस अध्ययनको तथ्यांक संकलन गतिविधि निष्कर्षमा नपुगेको कारण तथ्यांक संकलन चुनौती वरपरका छलफलहरु नै शुरुवाती हुन् l

पोस्टर
विजय खड्का, रमा कान्दासमि, ऋतु श्रेष्ठ
जुन २०१६

2010 मा गरिएको एक न्युमोकोकल कन्जुगेट खोप (PCV10) को अध्ययनले 2+1 को तालिका (6 र 14 हप्ताको दुइ डोज र 9 महिनामा दिईने बुस्टर डोज) भन्दा 3+0 तालिका (6, 10, र 14 हप्तामा दिईने ३ डोज) अब्बल भएको देखायो l नेपालमा 14 हप्ताको उमेरमा दिईने पोलियो खोपका कारण PCV10 को समयतालिकालाई बदल्नु पर्यो जुन 10 हप्ताको उमेरमा सारियो l PCV10 को 6 र 10 हप्ते तालिकालाई 6 र 14 हप्ताका शिशुहरुको उमेरमा रहेका नेपाली बच्चाहरुमा एउटा अनियमित नियन्त्रित जांच गरिएको थियो l यहाँ हामी वृहत्तर पक्षहरुलाई सम्बोधन गर्दछौं जसले अध्ययनको भर्नालाई प्रभावित पारेको छ l नेपालमा पढाईमा भर्ना हुनुभन्दा पहिले अप्रिल र मे 2015 को भूकम्पले धेरै मानिसलाई शहरबाट गाउँ र गाउँले परिवेसबाट शहर सर्न बाध्य बनायो l अझै नेपाल-भारत नाकाबन्धीका कारण उब्झिएको तराई क्षेत्रको विरोधका कारण सेप्टेम्बर 2015 मा अविभावकहरुलाई इन्धन र उपभोग्य सामग्रीको अभाव भयो जसले तिनलाई क्लिनिकहरुमा खोपका लागि जान बर्जित गर्यो l अर्को जनसख्यामा बदलाव दशैं पर्वका बेला देखियो (यो हिन्दुहरुको बार्षिक पर्व हो जहिले धेरै मानिसहरु शहर छोडेर गाउँ/दुर्गम क्षेत्रतिर जाने गर्दछन्)

पोस्टर
माइकल जे. कार्टर, मिरु गुरुङ, कृष्ण जी. प्रजापति
जुन २०१६

विश्वभर नै मेनेन्जाइटिस मृत्यूको एउटा महत्वपूर्ण कारण हो तर तीन महत्वपूर्ण प्याथोजनहरु स्ट्रेप्टोकोकस, न्यूमोनिया, हेमोफाईलस इन्फ्लुएन्जा टाइप बी र नेसेरिया मेनेन्जाइटिडीसहरुलाई खोपद्वारा बचाउन सकिन्छ l नेपालले एच इन्फ्लुएन्जा टाइप बी (हिब) विरुद्धको नियमित शिशु खोप 2009 मा ल्यायो र नियमित न्युमोकोकल कन्जुगेट खोप (PVC10) चाहिं 2015 बाट शुरु गर्यो l हामी पाटन अस्पताल काठमाडौँ नेपालमा PCV10 सुरु गर्नु भन्दा १० बर्ष अघि भर्ना भएका मेनेंजाईटिस लागेका बालबालिकाहरुको तथ्यांक प्रस्तुत गर्छौं l

पोस्टर
मिरू गुरुङ, रमा कन्दासमी, स्टेफन थोर्सोन
जुन २०१६
समुदाय क्यारीज (COCA)

न्युमोकोकल कन्जुगेट खोप (PCV) कार्यक्रम अनुगमन गर्न न्युमोकोकल नेसोफेरिन्जिल क्यारीज प्रभावको आंकलन एक महत्वपूर्ण पद्दति हो l हामीले 10-भ्यालेन्ट न्युमोकोकल कन्जुगेट खोप (PCV10) देशभर शुरु गर्नु अघिको सहरी र ग्रामिण नेपालका बालबालिकाहरुको न्युमोकोकल क्यारीजको प्रभव र सेरोटाइप मापन गर्ने लक्ष्य लियौं l

पोस्टर
मिरु गुरुङ, रमा कान्दसेमी, स्टेफन थोर्सोन
जुन २०१६
इन्प्यासेन्ट क्यारीज (INCA)

आक्रामक न्युमोकोकल सेरोटाईपका उल्लेख्य भौगोलिक विविधता हुने गर्दछन् l विशेष परिवेशमा न्युमोकोकल कन्जुगेट खोपको प्रभावलाई बढावा दिन उमेर अनुसार यसको वितरण र यसका किसिमहरुको सही व्याख्या हुनुपर्दछ l

पोस्टर
रमा कन्दासमी, रेबिका ग्लाडस्टोन, श्रीजना श्रेष्ठ
जुन २०१६
समुदाय क्यारीज (COCA)

हामीले नेपालमा नेसोफाईरिन्जिल क्यारीजबाट न्युमोकोकिको फैलावट स्वस्थ बालबालिकाहरुमा कसरी हुन्छ र निमोनिया वा आक्रामक न्युमोककोक रोग भएका बालबालिकाहरुमा न्युमोकोकल खोप शुरु गर्नु अघि न्युमोकोकीलाई कसरी नेसोफेरिंक्सबाट अलग्याउन सकिन्छ भन्ने कुराको मूल्यांकन गर्ने उद्देश्य राख्यौं l

पोस्टर
रमा कान्दसेमी, माइकल कार्टर, मिरू गुरुङ
जुन २०१६
इन्प्यासेन्ट क्यारीज (INCA)

केही न्युमोकोकल सेरोटाइपहरु स्वस्थ बालबालिकाहरुले बोकेका हुन्छन् तर रोगका ठुलै अनुपातलाई प्रतिनिधित्व गर्छन् l कुनै व्यक्तिगत तहमा पत्ता लागेको भएता पनि निमोनिया भएका बालबालिकाहरुमा सेरोटाईप् विशेष न्युमोकोकल कोलोनाईजेसन पत्ता लगाउनु वास्तविक न्युमोकोकल निमोनियाका मामिलाका समूहहरुलाई धनी बनाउनु हो l हामीले चिकित्सकले निमोनिया भेटेर अस्पतालमा भर्ना भएका नेपाली बालबालिकाहरु माझ सेरोटाइप विशेष क्यारीज जांच गर्ने र यसलाई PCV 10 शुरु गर्नु अघिका स्वस्थ समुदायमा तुलना गर्ने लक्ष्य लिएका छौं

पोस्टर
ब्रायन वाल, मिरू गुरुङ, स्टेफन थोर्सन
जुन २०१६

सन् 2015 मा 2+1 को तालिका अपउँदै 10-भ्यालेन्ट न्युमोकोकल कन्जुगेट खोप (PCV10) काठमाडौँ उपत्यकामा सुरुवात गरियो जसको खोप 6 हप्ता, 10 हप्ता र 9 महिनाको उमेरमा थियो l त्यस समय 1 बर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई जहिले सम्भव हुन्छ त्यही बेला 1-3 डोज लिन सुझाईयो l एसियाका 5 बर्ष मुनिका बालबालिकाहरुको रोगमाPCV को असर सम्बन्धी तथ्यांकको अभाव छ l नेपलामा PCV सुरुवात गर्नाले यस खोपको असर निमोनिया, मेनेंजाइटिस र सेप्सिस लागेका बालबालिकाहरुको अध्ययन गर्न मौका मिलेको छ l यी कुराहरुमा खोपको विश्लेषनात्मक पद्दति बताउनका लागि हामीले PCV10 सुरु गर्नु अघिका धेरै लक्षणहरुको अध्ययन गरेका छौं l

पोस्टर
इमरान अन्सारी, माइकल जे. कार्टर, मिरू गुरुङ
जुन २०१६

निमोनियाका माननिकृत परिभाषाहरु चिकित्सीय सेवा, निमोनियाका बिभिन्न परिवेशकार उपका तुलना एवं खोपको प्रभाव मापनका लागि आवश्यक हुन्छन् l पाटन अस्पताल काठमाडौँ, नेपालमा भर्ना भएका बालबालिकाहरुको हामीले WHO (2014) द्वारा परिभाषित निमोनियाको प्रभाव, उमेर वितरणका मापदण्डलाई वर्णन गर्दछौं l यी यस्ता मामलाहरुका लागि हामी ब्लड कल्चर पनि प्रस्तुत गर्दछौं l नेपालमा किसिम ख, हेमोहाईलस इन्फ्लुएन्जा विरुद्धको नियमित शिशु खोप 2009 मा सुरु भएको थियो l

पोस्टर
राजु पण्डित, स्टेफेन थोर्सोन, मिरू गुरुङ
अप्रिल २०१८
समुदाय क्यारीज (COCA)

भ्रुण वा जन्मदाको वजन 1/2 का साथमा न्युमोकोकसलाई नेसोफाईरिन्जिल क्यारीजसँगको सम्बन्धमा तुलना गर्ने केही अध्ययन मात्र छन् l यस अध्ययनको उद्देश्य नेपालमा PCV10 को थालनी गर्नु अघि सहरी तथा ग्रामिण स्वस्थ बालबालिकाहरुको वजनलाई लिएर नेसोफेरिन्जिल क्यारीजको सम्बन्ध हेर्नु रहेको थियो l PCV10 खोप जनवरी 2015 मा नेपालको राष्ट्रिय खोप कार्यक्रममा सुरुवात गरिएको थियो l खोप कार्यक्रम विभिन्न चरणमा विभिन्न जिल्लाहरुमा विवेकपूर्ण तवरबाट संचालन गरिएको थियो l काठमाडौँमा (राजधानी सहर) मा 2015 मा यो कार्यक्रम सुरु भयो र ओखलढुंगा (एक ग्रामिण जिल्ला) मा अक्टोबर 2015 मा सुरु भएको थियो l

पोस्टर
अमात्य, मिरु गुरुङ, स्टेफन थोर्सोन
अप्रिल २०१८
इन्प्यासेन्ट क्यारीज (INCA)

दक्षिण एसियामा न्युमोकोकल निमोनिया बाल मृत्यूको मुख्य कारण हो l हामीले निमोनिया लागेर अस्पताल भर्ना भएका सेरोटाइप विशेष नेसोफेरिन्जिल (NP) क्यारीज बोकेका बालबालिकाहरुमा 10-भ्यालेन्ट न्युमोकोकल कन्जुगेट खोप (PCV10) को प्रभाव जाँच गर्यौं l काठमाडौँमा PCV10 अगष्ट 2015 मा 6 हप्ता, 10 हप्ता र 9 महिना उमेरका लागि सुरुवात गरिएको थियो l

पोस्टर
प्रतिष्ठा मास्के, मिरू गुरुङ, स्टेफन थोर्सोन
अप्रिल २०१८
समुदाय क्यारीज (COCA)

न्युमोकोकी हावाबाट सर्नसक्ने भएकाले न्युमोकोकल रोगको जोखिमका लागि भिडभाड महत्वपूर्ण कारक हुनसक्छ l तसर्थ घरभित्रको भिडभाडले न्युमोकोकसको नेसोफेरिन्जिल (NP) क्यारेज प्रभावलाई निर्धारण गर्न सक्छ l हामीले नेपाली बालबालिकाहरुमा PCV10 खोप सुरु गर्नु अघि र पछिका नमुनाहरु प्रयोग गरेर यो सम्बन्धको अनुसन्धान गर्यौं l

पोस्टर
कृष्ण जी. प्रजापति, स्टेफन थर्सोन, मीरु गुरुङ
अप्रिल २०१८
आक्रामक रोग निगरानी (IBD)

न्युमोकोकल रोग हेरदेख कार्यक्रमका लागि ब्लड कल्चर एकदमै महत्वपूर्ण हुन्छ l स्ट्रेप्टोकोकस न्यूमोनिया पत्ता लगाउनका लागि ब्लड कल्चरलाई असर गर्ने तत्वहरुलाई बुझ्नु महत्वपूर्ण हुन्छ l पाटन अस्पताल, काठमाडौँ नेपालमा आक्रामक न्युमोकोकल रोग निगरानी कार्यक्रमको हिस्साका रुपमा ब्लड कल्चर भोल्युम सर्वेक्षण संचालन गरिएको छ l यी सर्वेक्षणहरुलाई कर्मचारीहरुलाई असल ब्लड कल्चर संकलन तकनिकीका बारेमा ज्ञान दिने अवसरका रुपमा पनि प्रयोग गरियो l

पोस्टर
अन्जु महर्जन, स्टेफन थोर्सोन, मिरू गुरुङ
अप्रिल २०१८
आक्रामक रोग निगरानी (IBD)

ब्याक्टेरल मेनेन्जाइटिस संसारभरकै बालबालिकाहरुको मृत्यूको एउटा मुख्य कारण हो l स्ट्रेपटोकोकस निमोनिया, हेमोफाईलस इन्फ्लुएन्जा किसिम बी (हिब) र नेसेरिया मेनेन्जाटिडीस बाल मेनेन्जाइटिसका मुख्य कारण हुन् र यीनलाई खोपद्वारा रोकथाम गर्न सकिन्छ l नेपालमा Hib खोप 2009 मा सुरु गरियो र 10-भ्यालेन्ट न्युमोकोकल कन्जुगेट खोप (PCV10) 2015 मा सुरु गरियो l हामीले 2005-2006 का दौरान पाटन अस्पताल काठमाडौँमा भर्ना भएका बालबालिकाहरुमा मेनिन्जाईटिस प्याथोजन र न्युमोकोकल मेनिन्जाईटिसमा PCV10 को असर जाँच गर्यौं l

पोस्टर
विप्लभ श्रेष्ठ, स्टेफन थोर्सोन, मिरु गुरुङ
जुन २०१८

न्युमोकोकसको नेसोफेरिन्जिल क्यारीज प्रभाव समुदायमा न्युमोकोकल रोगको बोझ निर्धारण गर्ने एक प्रमुख तत्व हो l यो खासगरी PCV मा रहेका (खोप सेरोटाइप, भिटि) न्युमोकोकल सेरोटाइपहरुका लागि वास्तविक हो किनकि अधिकांस आक्रामक न्युमोकोकल रोगहरु (IPD) यिनै सेरोटाइपले निम्त्याएका हुन्छन् l नेपालले अगस्ट 2015 मा काठमाडौँ (सहरी) र अक्टोबर 2015 मा ओखलढुंगा (ग्रामिण)मा पुगेर PCV10 खोप जनवरी, 2015 मा सुरु गर्यो l यस अध्ययनको उद्देश्य भनेको नेपालको सहरी र ग्रामिण परिवेशमा बस्ने बालबालिकाहरुमा VT क्यारीज प्रभावमा PCV10 को असर निर्धारण गर्नका लागि थियो l

पोस्टर
एम. चन्द्र गौतम, रमा कन्दासमी, मीरु गुरुङ
अप्रिल २०१८
आक्रामक रोग निगरानी (IBD)

PCV10 नेपालमा 2015 मा सुरुवात गरिएको थियो र परियोजनाहरु उक्त खोपका प्रभावका विभिन्न पक्षहरुलाई जाँच्न सक्षम थिए l यस अध्ययनले पारम्परिक सेरोटाईपिंगको क्षमतासँग मोलेक्युलर सेरोटाईपिंगको तुलना गर्यो र सम्भाव्य क्यारीज अध्ययनको अनुसन्धानमा बाटो खोल्यो l

पोस्टर
मिरू गुरुङ, राम कान्दासमी, स्टेफन थोर्सोन
अप्रिल २०१८

नेपालले गरेका अघिल्ला अध्ययनमा तीन डोजको तालिका प्रयोग गरेर 2015 मा PCV10 सुरु गर्यो (मुख्य दुइ डोजको बीचमा 4 हप्ताको अन्तराल, 6 हप्ता/10 हप्ता/9 महिना) l 2p+1 तालिकाको तेस्रो डोज (मूख्य डोजका बिचमा ८ हप्ताको अन्तराल, 6 हप्ता/14 हप्ता/९महिना) को प्रभाव 2p+1 भन्दा दीर्घकालीन र उपयोगी देखियो जुन अधिकांस GAVI देशहरुमा प्रयोग भएको थियो, दुवै तालिकाहरुलाई अहिले सिफारिस गरिएको छ l यद्यपि नेपालको 14 हप्ते खोप तालिमा पोलियो पनि थपिएकाले एउटा खोपबाट तीनमा जानका लागि अविभावक र खोप दिने दुवैलाई अफ्ठ्यारो हुने महसुस गरिएकाले 6w/10w+9m तालिका रोजियो l 6w/10w तालिका भन्दा 6w/14w उपयोगी हो कि भनेर जान्नका लागि एक एकल केन्द्र खुला लेबल, समानान्तर-समूह, अनियमित, नियन्त्रित ट्रायल गरिएयो जसमा दुबैको ९ महिनाको उमेरमा बुस्टर डोज रहेको हुन्छ l

प्रकाशन
मिरू गुरुङ, राम कान्दासमी, स्टेफन थोर्सोन
फेब्रुअरी १, २०१९

नेपाली शिशुहरुले कार्यक्रमका दौरान सुरुका पहिला दुइ डोजहरुका बीचमा 1 महिनाको अन्तरालमा टेन-भ्यालेन्ट न्युमोकोकल कन्जुगेट खोप (PCV10) प्राप्त गर्दछन् l स्ट्याण्डर्ड डोजको तालिकामा -जब शिशु 6 हप्ता, 14 हप्ता र 9 महिनाको हुन्छ-यसलाई यथासक्य कार्यन्वयन गर्नुपर्छ l यस ट्रायलका परिणामहरुले 9 महिना पछिको इम्युनोलोजीकल प्रतिक्रया स्त्यान्डर्ड र तिब्रतर तालिकाको झैँ पाइएको देखायो l तसर्थ, नेपालमा तिब्रतर गरिएको तालिकाले नै राम्रो सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ l

कुनै श्रोत भेटिएन