आर्थिक प्रभावको मूल्यांकन (PIES)
स्ट्रेप्टोकोकस निमोनिया जीवाणु (न्युमोकोकस) रोग तथा संसारभरको अपाङ्गताको एक प्रमुख कारण हो l यसलाई खोपद्वारा रोकथाम गर्न सकिन्छ l सन् २०१५ मा नेपालको स्वास्थ्य मन्त्रालयले शिशुहरुलाई १०-भ्यालेन्ट निमोनिया विरुद्धको खोप (PCV10) प्रदान गर्न थालनी गर्यो जुन खोप नियमित शिशु खोप तालिका अन्तर्गत दिन शुरुवात गरिएको थियो l
न्युमोकोकल रोगको कारण हुने खर्च तथा ती खर्च बचाउन PCV ले पुर्याउन सक्ने टेवाको आँकलन
न्युमोकोकल रोगले बिरामी, परिवार, सरकार तथा समाजमा उल्लेख्य आर्थिक भार पार्दछ l न्युमोकोकल रोगको आर्थिक तथा वित्तीय भार बुझ्नु यस रोगमा खोप नीति निर्माणको निर्णयका लागि महत्वपूर्ण हुन्छ l यद्यपि निमोनिया, मेनिन्जाइटिस तथा सेप्सिसका आर्थिक परिणाम बारेमा नेपाल लगायत दक्षिण एसियामै अत्यन्त कम अध्ययन तथा मूल्यांकन भएका छन् l
बालबालिकाहरुलाई अस्पताल भर्ना गर्दा परिवारले आफ्नो वचत प्रयोग गर्नु पर्ने, सम्पति बेचबिखन गर्नु पर्ने वा उपचार खर्च तिर्नका लागि ऋण लिनुपर्ने अवस्था हुनसक्छ l अझै आफ्नो काम छोडेर अरु कुरामा समय खर्चानाले घरेलु आयमा गम्भीर असर पर्न सक्छ l आयस्तर कम भएका घर परिवारका लागि स्वास्थ्यमा धेरै खर्च गर्दा परिवारमा संकट आउने वा गरिबी निम्तिने समस्या हुनसक्छ l
हाम्रो टोलिले २०१६ का दौरान निमोनिया, मेनिन्जाइटिस तथा स्प्सिस लागेर अस्पताल भर्ना भएका एक महिनादेखि पाँच बर्ष उमेरका बालबालिकाहरुको लागत आँकलन गर्नका लागि नेपालका पाँच अस्पतालहरुबाट तथ्यांक संकलन गर्यो l हामीले अध्ययनका अस्पतालहरुबाट बिरामीहरुलाई उपचार गर्दा उपयोग भएका श्रोतहरुको विवरण संकलन गर्यौं l हामीले बिरामीले रोगको लक्षण देखापरेदेखि अस्पतालबाट डिस्चार्ज हुनेबेलासम्म लाग्ने परिवारको खर्चहरु जस्तै प्रत्यक्ष मेडिकल खर्च, गैर-मेडिकल खर्च जस्तै खाना, यातायात, उत्पादकत्व घाटा आदि l दीर्घकालीन लागतहरु संलग्न गरिएको थिएन l यी तथ्यांकहरु नेपालि परिवारहरुमा यी बिमारका लागि लाग्ने लागत आंकलन गर्न र सामाजिक रुपमा अझै व्यापक अध्ययन गर्न प्रयोग गरिएका थिए जुन २०१६ मा अमेरिकी डलरमा गरिएका थिए l
प्रारम्भिक परिणामहरु: नेपालका लागि उल्लेख्य लागत
हरेक अस्पतालहरुमा विभिन्नता भए पनि निमोनिया, मेनेंजाइटिस तथा सेप्सिसका एपिसोडहरुले उल्लेख्य आर्थिक भार सिर्जना गर्ने गर्छन् l हरेक घटनाको उत्पादकत्व घाटा लगायतको औषत लागत मेनेंजाईटिसका लागि सर्वाधिक (३६८ अमेरिकी डलर), त्यसपछि सेप्सिस (२६६ अमेरिकी डलर) र निमोनिया (१७७ अमेरिकी डलर) रहेको थियो l
मेनेंजाईटिस र सेप्सिस रोगका बिरामीहरुलाई धेरै समय अस्पताल राख्नु पर्ने, धेरै ल्याब परिक्षण तथा प्रक्रिया एवं महंगा औषधिहरु भएकाले यी रोगहरु अधिक महंगा भएको पाइयो l
नेपालमा PCV10 संचालन पूर्व एक महिनादेखि ५ बर्षसम्मका हरेक १,००,००० बालबालिकाहरुको न्युमोकोकल निमोनियाको लागि अस्पताल खर्च अस्पताल खर्च लगभग ५८,२८५ अमेरिकी डलर रहेको थियो l रोगको विश्वव्यापी भार मोडेल अनुसार सन् २०१५ मा नेपालमा न्युमोककल निमोनिया बिरामीको संख्या ४६,००० थियो भने गम्भीर न्युमोककल निमोनियाको संख्या बार्षिक रुपमा २०१५.* मा १८,००० थियो l
चार्टमा देखिए अनुसार उत्पादकत्व घाटाको कारणले हुने खर्च प्रत्यक्ष मेडिकल लागत जति नै महत्वपूर्ण हुन्छन् र नेपालमा यी लक्षणहरुको आर्थिक भारको मुख्य अनुपात देखाएको छ l
तस्विर २ उत्पादकत्व घाटा कुल आर्थिक भारको मूख्य चालक हो l
भरपाई नहुने खर्च
औषतमा निमोनियाको एउटा घटनाको परिवारलाई ११६ अमेरिकी डलर पर्दछ l नेपाली परिवारका लागि ११६ डलरको अर्थ के हुन्छ ?
नेपाली तथ्यांक बिभागअनुसार २०१५/१६ मा एक घरको औसत बार्षिक घरायसी उपभोग रु. ३२२, ७३० (लगभग ३००० अमेरिकी डलर) थियो l त्यसलाई प्रति महिनाको हिसाबमा ढालेर हेर्दा त्यो २५० अमेरिकी डलर प्रति महिना हुन्छ जुन:
- आधा (५३.८%) खानामा गयो l
- १२.९% घरभाडामा गयो l
- बाँकी (५.५%) उपभोग्य सामग्री, शिक्षा (४.०%), अल्कोहल र सुर्ती (३.९%), सरसामान (२.२%) र अन्य खर्चहरु मेडिकल, सामाजिक सुरक्षा तथा सांस्कृतिक खर्च l
अति गरिब परिवारहरुका लागि संकट आइपर्ने खर्च हुनु साधारण कुरा हो
अति गरिब घर-परिवारहरु आफ्ना बालबालिकाहरुलाई अस्पताल भर्ना गर्दा अत्यन्तै तनावग्रस्त भएका थिए l अति गरिब परिवारहरुको समुहमा लगभग १० मा ४ वटा निमोनियाका घटनाहरुले घर खर्चमा संकट निम्त्याएका थिए l अझ, निमोनियाले आफ्ना बच्चाहरुलाई अस्पताल गरेका लगभग ६०% अति गरिव परिवारहरुले अस्पताल खर्च धन्न ऋणको प्रयोग गरेको बताए l
स्वास्थ्यमा गरिने संकटग्रस्त खर्च के हो ?
संकटग्रस्त रोजाइको परिभाषाको मूल्यांकन गर्नका लागि हामीले घरधुरीको मासिक खर्च र तिनको मासिक उपभोग प्रयोग गरेर विश्लेषण गर्यौं l अत्यन्त धनी परिवार बाहेक निमोनियाको कारण अस्पतालमा गरिने खर्चले धेरै मानिसहरुलाई आर्थिक रुपमा तनाव दिने कुरा यी परिभाषाहरुले दर्साएका छन् l वास्तवमा, निमोनियाको कारण अस्पताल भर्ना गर्ने भरपाई नहुने भुक्तानी ७०% खर्च गर्ने तीन अति बिपन्न समुहहरुमा ४०% वृद्धि भएको देखियो जसले सीमित बचत तथा केही सम्पत्ति भएका घर परिवारहरुलाई अल्पकालीन असर गर्दा पनि निकै ठुलो असर हुन्छ भन्ने पनि इंगित गर्दछ l
परम्परागत रुपमा भरपाई नहुने स्वास्थ्य खर्चलाई त्यतिबेला संकटपूर्ण मानिन्छ जब यो घरपरिवारको बार्षिक गैर-खाद्यान्न तालिकाको खर्चले ४०% काट्छ जसमा घर-बहाल, उपभोग्य सामग्री तथा अन्य घरायसी प्रयोजनका सामग्रीहरु पनि पर्दछन् l यद्यपि यस परिभाषाले घर-परिवारका तत्काल प्रभावलाई समावेश गर्दैनन् र बचत तथा श्रोतको कमि भएका अति बिपन्न घरहरुमा हुने असरलाई अवमूल्यांकन गर्न सक्छ l
संकटग्रस्त रोजाइको परिभाषाको मूल्यांकन गर्नका लागि हामीले घरधुरीको मासिक खर्च र तिनको मासिक उपभोग प्रयोग गरेर विश्लेषण गर्यौं l अत्यन्त धनी परिवार बाहेक निमोनियाको कारण अस्पतालमा गरिने खर्चले धेरै मानिसहरुलाई आर्थिक रुपमा तनाव दिने कुरा यी परिभाषाहरुले दर्साएका छन् l वास्तवमा, निमोनियाको कारण अस्पताल भर्ना गर्ने भरपाई नहुने भुक्तानी ७०% खर्च गर्ने तीन अति बिपन्न समुहहरुमा ४०% वृद्धि भएको देखियो जसले सीमित बचत तथा केही सम्पत्ति भएका घर परिवारहरुलाई अल्पकालीन असर गर्दा पनि निकै ठुलो असर हुन्छ भन्ने पनि इंगित गर्दछ l
यी तथ्यहरु अनुसार CV10 सँग परिवारहरुका सङ्कट निम्त्याउने गरि हुने स्वास्थ्यमा गरिने खर्च कटौती गर्न र बालबालिकाहरुलाई अस्पताल भर्ना गर्दा आइपर्ने सक्न गरिबी न्यूनीकरण गर्नसक्ने सम्भावना छ l
यस विश्लेषणको तथ्यांक नेपाल र अन्य दक्षिण एसियाली देशहरुमा PCV को आर्थिक मूल्यांकन गर्न प्रयोग हुनसक्छ l
यस अध्ययनबाट तथ्यांक प्रयोग गरेर हामी खोपको सुरुवातले परिवारहरुमा न्युमोककल रोगले निम्त्याउने आर्थिक बोझ निराकरण गर्न कसरी मद्दत गरेको छ भन्ने तथ्य अध्ययन गरिरहेका छौं l
यी परिणामहरु अझै प्रकाशित भएका छैनन् l अधिक जानकारीका लागि क्रिस्टिना गार्सियालाई at crgarcia@jhu.edu मा सम्पर्क गर्नुहोस् l
श्रोतहरु:
- Burden of Streptococcus pneumoniae and Haemophilus influenzae type b disease in children in the era of conjugate vaccines: global, regional, and national estimates for 2000-15. Wahl, PhD et al. The Lancet Global Health. Vol. 6, Issue 7, pe744-e757, July 01, 2018