प्रशासनिक तथ्यांक: निमोनिया र मेनिन्जाईटिसका बिरामी भर्नामा परिवर्तन
स्ट्रेप्टोकोकस निमोनिया जीवाणु (न्युमोकोकस) रोग तथा संसारभरको अपाङ्गताको एक प्रमुख कारण हो l यसलाई खोपद्वारा रोकथाम गर्न सकिन्छ l सन् २०१५ मा नेपालको स्वास्थ्य मन्त्रालयले शिशुहरुलाई १०-भ्यालेन्ट निमोनिया विरुद्धको खोप (PCV10) प्रदान गर्न थालनी गर्यो जुन खोप नियमित शिशु खोप तालिका अन्तर्गत दिन शुरुवात गरिएको थियो l
नेपाली स्वास्थ्य प्रणालीमा PCV प्रयोगको असरसम्बन्धी बुझाइ
PCV10 को जनस्वास्थ्यमा हुने प्रभाव मापन गर्नका लागि हाम्रो टोली निमोनिया, मेनेंजाईटिस तथा सेप्सिसमा बिरामीहरुको अस्पताल भर्नासँग सम्बन्धित प्रशासनिक रेकर्डहरुबाट तथ्यांक संकलन गरिरहेको छ l यो अध्ययन पाँच वटा अस्पतालहरुमा संचालित छ जसमा देशको प्रतिनिधी क्रस-सेक्सन क्षेत्रहरु पर्दछन् र यसले देशव्यापी रुपमा यी लक्षणहरुमा PCV प्रयोग अघि र पछिका अस्पताल भर्नाका तथ्यहरुलाई तुलना गर्नेछन् l
तस्विर १ ४ नेपाली अस्पतालहरुमा निमोनिया लागेका १ महिना र २ बर्षबीचका बच्चाहरुको भर्ना, PCV10 को प्रयोग अघि र पछी
यस अध्ययनको विश्लेषण जारि छ l अधिक जानकारीका लागि हाम्रो अध्ययन संयोजकसँग सम्पर्क गर्नुहोस् l