समुदायमा बालबालिकाहरुमाझ नासोफ्यारिन्जिल क्यारीजको प्रभाव
स्ट्रेप्टोकोकस निमोनिया जीवाणु (न्युमोकोकस) रोग तथा संसारभरको अपाङ्गताको एक प्रमुख कारण हो l यसलाई खोपद्वारा रोकथाम गर्न सकिन्छ l सन् २०१५ मा नेपालको स्वास्थ्य मन्त्रालयले शिशुहरुलाई १०-भ्यालेन्ट निमोनिया विरुद्धको खोप (PCV10) प्रदान गर्न थालनी गर्यो जुन खोप नियमित शिशु खोप तालिका अन्तर्गत दिन शुरुवात गरिएको थियो l
समुदायमा सरुवाको हकमा PCV को प्रभाव आँकलन
न्युमोकोकस बालबालिका तथा बयस्क मानिसहरुको न्यासोफ्यारिंक्स (नाकको पछाडीपट्टि भाग) मा प्राय: पाइने एक जीवाणु हो जुन रोग वा लक्षणहरु ननिम्त्याईकन त्यहाँ रहेको हुन्छ l जब यो जीवाणु उक्त सुरक्षित स्थान (नासोफ्यारेंजियल क्यारीज) बाट फोक्सो लगायतका शरीरका अन्य अझैँ संवेदनशील भागहरुमा जान्छ तव न्युमोकोकल रोग देखापर्दछ (जहाँ यसले निमोनिया निम्त्याउँछ) वा अझै खतरा स्थान जस्तै रगत (ब्याक्टेरेमिया तथा सेप्सिस) वा मस्तिष्कलाई झेल्ने र सुरक्षित राख्ने झिल्लीहरु (मेनेंजाईटिस)
बिरामी भए पनि नभए पनि आफ्नो नासोफ्यारिंक्समा न्युमोकोकस बोक्नेहरुले अरुलाई यो जीवाणु अरुलाई सार्न सक्छन् l यसै कारण बच्चाहरुमा क्यारिज हुन नदिनाले समुदायका अन्य सदस्यहरु भन्दा पनि घरका दाजुभाई दिदी बहिनी तथा हजुरबा, हजुरआमा जस्ता उच्च जोखिममा हुन सक्ने सदस्यहरुलाई न्युमोकोकल रोगबाट बच्न मद्दत मिल्छ l यस प्रकारको खोप प्रभावलाई प्राय: “अप्रत्यक्ष सुरक्षा” भनिन्छ l
संसारभरमा ९० प्रकारका फरक निमोनियाजन्य सेरोटाइपहरुको पहिचान भएको छ l तथापि शिशुहरुमा मूलत: यी मध्येका थोरै सेरोटाइपहरुले मात्र रोग निम्त्याउँछन् l नेपाली बालबालिकाहरुले पाउने PCV खोपले १० न्युमोकोकल सेरोटाइपहरुबाट बचाउने गर्दछ l COCA अध्ययनले खोपको प्रभावकारिताको सूचकका रुपमा नेपालमा PCV 10 लगाएपश्चात यी न्युमोकोकल सेरोटाइपहरु फैलन कम हुन्छन् कि भन्ने मापन गरिरहेको छ l अध्ययनले यो पनि मापन गरिरहेको छ:
- सर्वेक्षण गरिएका हरेक बालबालिकाहरुको नासोफ्यारिंक्समा (क्यारीज आयतन) रहेको DNA को मात्रा
- हरेक बच्चाले नासोफ्यारिंक्समा कति किसिमिका सेरोटाइपहरु बोकिरहेका छन् किनकि बच्चाहरुले एक भन्दा बढी किसिमका सेरोटाईपहरु बोक्नसक्छन्
- खोप लगाएपछी हराएका सेरोटाइपहरु पुन: फर्कने सम्भावना कति रहेको छ l र
- ग्रामिण र सहरी घर परिवारहरुमा क्यारीजको ट्रेण्ड फरक हुन्छ कि हुँदैन l
सन् २०१५ देखि हामीले काठमाडौँको सहरी र ओखलढुंगाको ग्रामिण परिवेशबाट पाँच बर्षसम्मका हजारौं बालबालिकाहरुमा क्यारीज मापन गरेका छौं l
प्रारम्भिक परिणामहरु: खोप-जन्य क्यारीज घटेको अवस्था
प्रारम्भिक परिणामका अनुसार खोपले खोप-जन्य क्यारीज न्यूनीकरण गर्न काम गरिरहेको छ l यस्ता किसिमको न्युमोकोकल जीवाणु बोक्ने बालबालिकाहरुको अनुपात खोप प्रयोगको दुइ बर्षमा ६६% घटेको छ, जुन २८% देद्खी १०% हो l यसले इंगित गर्दछ कि PCV10 ले नेपालका बालबालिकाहरुको स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पारिरहेको छ l
बालबालिकाहरुमा PCV10 को प्रभाव
सहरी परिवेसमा शोधकर्ताहरु ०-८ हप्ताको उमेरका शिशुहरुमा PCV10 को प्रभावको मूल्यांकन गरिरहेका छन् जो खोप लगाउनका लागि अत्यन्त कम उमेरका छन् l यी परिणामहरुले यो पनि इंगित गर्छ कि PCV10 ले खोप प्राप्त नगर्ने उमेरका बालबालिकाहरुलाई पनि क्यारीज रोकथाम गरि (सम्बन्धित सरुवा) अप्रत्यक्ष सुरक्षा प्रदान गर्दछ l
प्रारम्भिक परिणामले PCV10 मा रहेका न्युमोकोकल जीवाणुका किसिमहरु बोकेका खोप लगाउन नमिल्ने कम उमेरका बालबालिकाहरुको तथ्यांकीय अनुपातमा उल्लेख्य कमिआएको देखाउँछ l (२०१४ मा ५.२% बाट २०१७ मा २.३%) l २०१९ मा हामी यो गिरावट जारि रहे नरहेको मुल्यांकन गर्नेछौं l
के तिब्र तुल्याईएको खोप तालिकाले क्यरिजलाई असर गर्दछ ?
शोधकर्ताहरुले दुइ फरक खोप तालिकाकाबीचमा क्यारीजको प्रभाव फरक रहेको प्रमाण फेला पारेनन् l (6+10 vs 6+14)
तिब्र तुल्याईएको तालिकाका बारेमा विस्तृत पढ्नुहोस् l
यस अध्ययनको विश्लेषण जारि छ l विस्तृत जानकारीका लागि हाम्रो अध्ययन संयोजकलाई सम्पर्क गर्नुहोस् l